टेलिकमको भन्दा निजी आइएसपीको स्पिड बढ्यो

गुगलले नेपालमा सर्भर राखेपछि निजी इन्टरनेट सेवा प्रदायकका उपभोक्ताले बढी स्पिड पाएका छन्। सर्भर राख्ने टेलिकमले भने ग्राहकलाई पहिलेको भन्दा व्याण्डविथ (स्पिड) दिएको छैन।  गुगलको सर्भर राखेपछि जिमेल, युटुब लगायत गुगलका सेवाहरु पहिलेभन्दा छिटो चल्न थालेका छन्।

क्याचे (सहायक) सर्भर यही राखेकोले पहिले यहाँदेखि अमेरिकाको सर्भरसम्म पुग्दा खर्च हुने व्याण्डविथ अहिले वचत भएको छ। व्याण्डविथ वचत भएपछि यहाँका दूरसञ्चार र इन्टरनेट कम्पनीले तिर्ने लाखौं रुपैयाँ समेत बचत भएको छ। Read more of this post